दिपेन्द्र श्रेष्ठ, चितवन : पर्यटकीय नगरी सौराहामा रहेको क्षेत्रिय होटल संघ सौराहाले उवासंघ रत्ननगरको हालै अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई स्वागत तथा बधाई कार्यक्रम सम्पन्न भएको छ ।
होटल सेभन स्टारमा आयोजित एक कार्यक्रमका विच उवासंघ रत्ननगरका अध्यक्ष अनिकृष्ण श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष शंकर गिरीसहितको टिमलाई क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष दिपक भटट्राईसहितको टिमले स्वागत एवं बधाई ज्ञापन गरेको हो । सो अवसरमा बोल्ने व्यवसायीहरुले रत्ननगरको विकास कृषि र पर्यटन भएकोले यसमा सबैले विशेष प्रथामिकता दिएको बताए ।
संघका उपाध्यक्ष योगेश अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमममा रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडा, बाघमारा वनका अध्यक्ष जितु तामागं, युनाईटेड हात्ती सहकारीका अध्यक्ष ऋषि तिवारी, उवासंघ रत्ननगरका वरिष्ठ उपाध्यक्ष शंकर गिरीसहितले समग्र सौराहाको विकासका लागि सबै एकवद्ध भएर काम गर्नुपर्ने वेला आएको औल्याएका थिए ।
Source: Sauraha Online