चितवन : पर्यटकीय नगरी सौराहाको बुढी राप्ती खोलामा हात्ती प्रजनन केन्द्र र बद्रेनी गाँउ जोड्ने झोलुङ्गे पुल शिलन्यास गरिएको छ । सौराहा स्थित हात्ती प्रजनन केन्द्रमा अवलोकन गर्न जाने पर्यटकहरुको सुविधाका लागि बद्रेनीमा झोलुगे पुल प्रदेश सांसद कृष्णप्रसाद खनालले शिलन्यास गरि निर्माण सुरु थालिएको हो । सो अवसरमा बोल्दै सासंद खनालले सरकारले पर्यटन प्रर्वद्धनमा निर्माण हुने पुल उपयोगी हुने बताए ।
रत्ननगर ७ को क्षेत्रमा पर्ने बद्रेनीमा १ करोड ५० लाखको लागतमा निर्माण हुन लागेको पुल आगामी बैशाखसम्ममा काम सम्पन्न हुने गरि काम सुरु भएको रत्ननगर नगरपालिकाका वडा नम्बर ७ का वडा अध्यक्ष लालबहादुर भट्ट (राजन)ले जानकारी गराए ।
१ सय ६७ फिट लम्बाई र ४ फिट चौडाईको हुने पुल निर्माणसगैँ पर्यटन प्रर्वद्धनमा थप टेवा पुग्ने रत्ननगर नगरपालिका मेयर नारायण वनले बताए। रत्ननगर नगरपालिकाका मेयर नारायण वनको अध्यक्षतामा भएको कार्यक्रममा बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जित बहादुर तमाङ्ग, पुलका प्राविधिक शेखर रायमाझी , नेकपा नगर अध्यक्ष कुल प्रसाद लामिछाने लगायतले विकास निर्माणको काममा सबैले चाँसो दिएर निगरानी
गर्नुपर्नेमा जोड दिए ।